सुनसरी, १८ जेठ । सुनसरी कोशी गाउँपालिकाबाट लागूऔषध सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ वर्षीय मजरुल हक रहेका छन् ।
सोमबार बेलुका साढे ३ बजे काेशी गाउँपालिका- ३ नहर चोक स्थितबाट उनी पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई डाईलक्स डिसि थान-५०२. नाईट्रोसन २०० ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २८८ ट्याब्लेटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।




