काठमाडाैँ, २४ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रवादको लगाैटी खुस्किसकेको थाहा नपाएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत पाैडेलले ओलीले राष्ट्रवादको लगाैटी खुस्किसकेको थाहा नपाएको बताएका हुन् ।
‘सत्ता होइन ब्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुबाउने, साल्ट ट्रेडिङ मासेर आयोडिनयुक्त नुनको हाहाकार गराउने र बहुल रास्ट्र मुक्तिसँग्राम गर्न सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् । ओली रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेछन्,’ उनले लेखेका छन् ।