२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ असार । नेक ब्लाष्ट धानबालीमा धेरै क्षति पुर्याउने रोग हो। यो रोग Magnaporthe grisea नामक ढुसीको कारण लाग्दछ। यो ढुसीले जमिनको सतहभन्दा माथि रहेको धानको सबै भागमा क्षति पुर्याउन सक्दछ । यो रोग लाग्दा पातमा ससाना सेतो टिका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् ।

बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो देखिनु यो रोगको मुख्य लक्षण हो। यो रोग बालामा दुध नपस्दै लाग्यो भने बाला फोस्रा हुन्छन् । र दुध पसेपछि लाग्यो भने निम्न गुणस्तरको अन्न उत्पादन हुन्छ।यो रोग लागिसकेपछि खैरो भएको आँख्लाबाट बाला भाँचिएजस्तो देखिन्छ । बाला सुकेर सेतो या खैरो हुने गर्छ ।

व्यवस्थापन विधिः
-रोग निरोधक जातहरू लगाउने।
-कार्बेन्डाजिम ५०% डब्लु पी (जस्तै बेभिष्टिन वा डेरोसाल) २-३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी ब्याड राख्ने ।
-सिफारिस अनुसार नाइट्रोजन मल प्रयोग गर्ने ।
-खेतमा पानी जमाई राख्ने ।
-ट्राइसाइकाजोल ७५% डब्लु पी ( जस्तै बान, लोजिक, ट्रिप ) ०.७५ ग्राम प्रति लिटर वा सुगामाइसिन ३% एस एल (जस्तै कासु-बी, किमाइसिन) १.५ मि.लि. प्रति लिटर पानीमा, वा हेक्जाकोनाजोल ५% इ सी (जस्तै एभोन, कम्फोर्ट, हेक्जाप्रस) २ ग्राम प्रति लिटर वा क्रेसोक्जिम मिथाइल ४४.३ एस सी (जस्तै इर्जोन) १ मि.लि. प्रतिलिटर पानीमा मिसाई १५ दिनको फरकमा २-३ पटक छर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!