पाँचथर, २७ जेठ । पाँचथरमा पछिल्ला तीन वर्षयता फौजी किराको आतंक बढ्दै गएपछि प्रमुख खाद्यान्न बाली मकैको उत्पादनमा गिरावट आएको छ । जिल्लाको धान पछिको प्रमुख खाद्यान्न बाली रहेको मकै फैजी किराको आहारा बन्न थालेपछि मकैको बिउ नै मासिन थालेको किसानहरुको गुनासो छ ।
फागुनन्द गाउँपालिका १ का किसान दहमान आङ्देम्बेका अनुसार विगत वर्षमा मकै दोहोर्याउने बेलामा फौजी किरा देखिए गरेको थियो तर यो वर्षबाट मकै उम्रन थालेपछि नै किरा देखा परेको छ । बिषादी लगाए पनि राम्रो उत्पादन हुने छाँट नभएको उनको गुनासो छ । सुरुमा मकैको पात छिद्रा हुने, त्यसपछि मकैको गुभोमा धमीरो जस्तो देखिने स–साना किरा आएर गुबो नै खाइदिने फैजी किराले मकै नष्ट परेको हो । पहिले एक दुई बोटमा देखिने गरेको भएपनी केहि दिनयता पुरै खेतीमा फैलिने गरेको किसानहरु सुनाउँछ्न् । तुम्वेवा गाउँपालिका किसान हर्क तामाङका अनुसार दुई वर्ष पहिले मकैको बीउ मासिएपछी छिमेकी मिक्लाजुङ गाउँपालिका बाट बीउ ल्याएका थिए । उनी भन्छ्न् ‘पटक पनि बीउ समेत निकाल्न मुस्किल छ ।’
तीन वर्ष पहिला मकै ८० देखि ९० रुपैयाँ प्रती पाथी पाइन्थ्यो । किराको प्रकोप देखिनथालेपछि १६० रुपैयाँ पाथी पर्ने थालेको छ कुम्मायक गाउँपालिकाका किसान रोहित भट्टराई भन्छ्न् ‘पहिले ८० रुपैयाँ पाथी बेचेको थिए अहिले १६० रुपैयाँले समेत किन्न पाएको छैन ।’ मनिस लगायत घरमा पालिने पशु चौपाया भैंसी, सुगुर, कुखुरा आदिलाई पुर्याएर पनि वर्षको १० देखि १२ मुरी बेच्ने गरेको थिए हिलिहाङ गाउँपालिकाका किसान कुलदिप रसाइलीले तर अहिले उनकामा आफैंलाई पुग्ने मकै पनि उत्पादन हुन छोडेको छ ।




