२०८२ कार्तिक १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३१ जेठ । दोस्रो लहरको कोरोना महामारीपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण उत्पादित स्ट्रवेरीले बजारको मुख देख्न नपाउँदा डेढ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । निषेधाज्ञाका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्डमा एक बिघामा लगाइएको स्ट्रवेरी बारीमै कुहिँदा सो रकमको क्षति भएको हो ।

स्थानीय अर्जुन कुलुङ राईसहित ६ जनाको एक समूहले सुनसरी जिल्लाकै विकट क्षेत्र सूर्यकुण्डमा लगाएको स्ट्रवेरी बारीमै कुहिएको हो । किसान अर्जुन कुलुङ राईका अनुसार निषेधाज्ञाकै कारण तीन वर्ष लामो स्ट्रबेरी खेतीमा किसानले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ ।

सुनसरीको चतरा बजारदेखि करिब १३ किलोमिटर उत्तरतर्फ रहेको सूर्यकुण्डका अर्जुन, ससन देवकोटा, तपेन्द्र राई, गङ्गाराम राई, भीमबहादुर राई, दीपक राई गरी पाँच जनाले तीन वर्षयता स्ट्रबेरी खेती गर्दै आएका छन् । उनीहरूले स्थानीय साथीहरूको एक विघा जग्गा लिजमा लिएर १५ लाखको लगानी गरी स्ट्रबरी खेती गरेका थिए । पहिलो र दोस्रो सिजन उनीहरूले ठिकठाक आम्दानी गरेका थिए । तेस्रो सिजनमा राम्रो आम्दानीको अपेक्षा राखेका उनीहरूलाई कोरोना महामारीको दोस्रो लहरले नोक्सानी ब्यहोर्न बाध्य तुल्यायो ।

‘स्ट्रबेरी खेती सुरु गरेको पहिलो सिजन भने ठीकठाक थियो,’ अर्जुनले भने, ‘त्यो वर्ष ट्रायल खेती भएको थियो । दुई–तीन कठ्ठामा लगाइएको खेतीबाट अढाइ लाख जति आम्दानी भएको थियो । सोको विस्तार गरेर एक विघामा लगाउँदा पाँच लाख जति आम्दानी गरेका थियौँ । यसपटक त अझ राम्रो गर्ने अपेक्षा थियो तर निषेधाज्ञाले चौपट्ट बनायो ।’ आधाजति स्ट्रबेरी बारीमै कुहिएको बताउँदै अर्जुनले ६० किलो टिपेर वाइन बनाउन सफल भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!