२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३० जेठ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउने घोषणा गरेका छन् । आइतबर प्रदेशसभामा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री राईले चालु बर्खे अधिवेशनमै प्रदेशको नामाकरण गर्ने घोषणा गरेका हुन् ।

प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले जारी अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गरे । ‘नीति, कार्यक्रम र बजेटसम्बन्धी छलफल सकेर ती पारित भइसकेपछि प्रदेशको नामाकरण यही अधिवेशनबाट गरिनेछ । यसका लागि कोभिडबाट पूर्ण सावधानी अपनाएर हामी छलफल गर्नेछौँ,’ उनले भने ।

यसअघि नेकपा माओवादीका संसदीय दलका नेता एवं पूर्व आर्थिक मामिला मन्त्री इन्द्र आङबोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम कोशी राख्न दबाब दिएको तर प्रदेश सरकारले अस्वीकार गर्दा नामाकरण हुन नसकेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!