विराटनगर, ४ असार । मोरङमा शुक्रबार जङ्गली हात्तीको आक्रमणबाट एक युवकको भएको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–८ हरिचन्द्रगढीका २१ वर्षीय मनोहर मियाँ रहेका छन् ।
आज बिहान ७ बजे सुनवर्षी–८ को कुरेली भन्ने ठाउँमा जङ्गली हात्तीले आक्रमणमा गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
गाउँमा आएका हात्ती धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती आक्रमक बनेको थियो । आक्रमक हात्तीले मियाँलाई लछारेर घाइते बनाएको थियो डिएसपी राईले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा बिहान ८ः४० बजे मृत्यु भएको हो ।




