विराटनगर, ५ असार । मोरङ सुन्दरहरैँचा नगरपालिकामा सिचाई गर्ने मोटरको तारमा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा सुन्दरहरैचा-८ सलकपुर का १५ वर्षीय आनन्द मेहतारहेका छन् ।
शुक्रबार बेलुका साढे ६ बजे आफ्नै सब्जिबारीमा जाँदा सिचाई गर्न मोटरको तारमा करेन्ट लागेर उनी घाईते भएका थिए । घाइते उनको उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा हिजाे बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।




