२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ असार । कोरोना भाइरस सङ्क्रमणका कारण भारतीय लिजेन्ड धावक मिल्खा सिंहको निधन भएको छ । फ्लाइङ सिखको उपनामबाट परिचित मिल्खा सिंह कोरोना सङ्क्रमण भएपछि चण्डीगढको एक अस्पतालमा उपचाररत गराइरहँदा शुक्रबार राति निधन भएको हो । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । उनकी पत्नी निर्मल मिल्खा सिंहको पाँच दिनअघि मात्र निधन भएको थियो ।

कोरोना पुष्टि भएपछि उनी २० मेमा पिजिआइएमइआर अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको शुक्रबार राति निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मिल्खा एशियाली खेलकुद र कमनवेल्थ खेलकुदमा स्वर्ण विजेता खेलाडी हुन् । मिल्खाले सन् १९५८ मा जापानको टोकियोमा भएको एशियाली खेलकुदमा २ सय मिटर र ४ सय मिटरको दौडमा स्वर्ण जितेका थिए । उनले १९६२ को जकार्ता एशियाली खेलकुदमा ४ सय मिटर र चार गुणा ४ सय मिटर रिलेमा समेत स्वर्ण जितेका थिए । मिल्खाका ३ छोरी र १ छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!