२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ असार । संघीय सरकारले खोप दिन नसकेको भन्दै विराटनगर महानगरपालिकाले खोप सहयोग गरिदिनको लागि दातृ निकाय तथा विभिन्न भगिनी सहरहरुलाई अपिल गर्ने भएको छ । आज महानगरका मेयर भीम पराजुलीले विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय संघसंस्था, महानगरलाई सहयोग गर्ने राष्ट्र तथा भगिनी सम्बन्ध कायम भएका र हुन लागेका सहरहरुसँग खोपको लागि आग्रह गरेको उल्लेख गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोपका लागि मेयर पराजुलीले विराटनगरलाई सहयोग गरिरहेका संस्था, देश तथा सहरहरुलाई आग्रह गरेका हुन् । विज्ञप्तीमा युएनडिपी, करुणा फाउन्डेसन नेपाल, युएसआईडी, जाइका लगायतका सस्था तथा चीनको वुहान सहरलाई समेत खोपको लागि आग्रह गरिएको उल्लेख छ ।

मेयर पराजुलीले भारत, जर्मनी, कोरियाको सिनेट सचिवालयलाई समेत सहयोगको लागि अपिल गरेको बताए । महामारीको विकराल समस्या समाधान गर्न स्थानीय स्तरबाटै पहल थालेको भन्दै उनले खोप तथा स्वास्थ्य सामग्री सहयोगको लागि आग्रह गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!