२०८२ चैत्र १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ८ असार । भारतबाट अवैध रूपमा ३० किलो नेपाल भित्र्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर–४ इक्राहीका १७ वर्षीय आशिष गिरी रहेका छन् ।

आइतबार राति साढे आठ बजे विराटनगर–१२ बखरीबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो । उनीहरूले भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी दुई वटा साइकलमा सुर्ती ल्याएका थिए ।

करिब चार हजार बराबरको ३० केजी सुर्ती ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुर्तीसहित दुवै जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!