२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
विराटनगर, ९ असार । मोरङको रंगेली ननगरपालिमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रङ्गेली-६ मलङ्गथानमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरेर बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा एक जनाको मृत्यु हो ।

बुधबार दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भीर घाईते भएका सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो । यसैगरी, सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाइतेहरुको रङेली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!