२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

चितवन / निषेधाज्ञाका कारण दूध बिक्री नहुँदा चितवनका दुग्ध किसानहरू दोहोरो मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीय स्तरमा सञ्चालित सहकारीले सङ्कलन गर्न छोडेकाले किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा सङ्घका सचिव किशोर बगालेले दुग्ध किसान अहिले चौतर्फी समस्यामा परेको बताए । किसानबाट कम मूल्यमा व्यापारीले दूध किनेर उपभोक्तालाई चर्को मूल्यमा बेचिरहेको सचिव बगालेले उल्लेख गरे ।

चितवनमा निषेधाज्ञा जारी भएपछि ४५ दिनमा २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर जाँदा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो ।

जिल्लामा ११० सहकारी मार्फत दूध सङ्कलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुई सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भएका थिए । उद्योगहरूले दूध नकिन्दा सहकारीहरू बाध्य भएर बन्द भएको सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।

जिल्लामा दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । त्यस मध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!