२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ असार । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताएकी छन् । शुक्रबार अस्पतालको अनुगमनका क्रममा सामाजिक विकास मन्त्री राईले कोभिड अस्पतालले सुविधासम्पन्न सेवा दिएको बताउँदै निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको बताइन् ।

प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको बताउँदै उनले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रबन्ध गरिएको पनि बताइन् । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिएकी थिइन् ।

कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको उनले बताइन् । मन्त्री राईले भनिन्, ‘प्रदेश सरकारले यसका लागि आवश्यक वजेटको पनि प्रबन्ध गरेको छ ।’

९६ वटा वेड रहेको कोभिड अस्पतालमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिए । उनका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । उनले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!