काठमाडौं । ललिता निवास प्रकरणको भ्रष्टाचारमा मुछिनुभएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । भ्रष्टाचार मुद्दा लागेपछि सम्पर्कबिहीन भएका उनी आजै अदालतमा हाजिर भएको थिए । अदालतमा उनको आजै बयान पछि धरौटीमा रिहा गरिएको हो ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
गत वर्ष फागुनमा विशेष अदालतले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपछि गच्छदार सम्पर्कविहिन भएको थिए । गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।




