काठमाडौं । सरकारले अघिल्लो आर्थिक वर्षमा व्यवस्था गरिए अनुसार पुनर्कर्जा रकमको अधिकतम सिमा नघट्ने गरी पुनर्कर्जा सुविधा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताए।
उनले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको शीघ्र पुनरुत्थानका लागि कार्यान्वयनमा ल्याइएको पुनःकर्जाको विद्यमान व्यवस्थालाई निरन्तरता दिँदै गत आर्थिक वर्षमा व्यवस्था गरिएको पुनःकर्जा रकमको अधिकतम सीमा नघट्ने गरी पुनःकर्जा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको जानकारी दिए ।
साथै उनले पुनःकर्जा सेवा उपलब्ध गराउँदा लघु, घरेलु, साना तथा मझौला उद्यम व्यवसायलाई प्रथमिकता दिइने बताए । यसैगरी कोभिड महामारीका कारण सङ्कटग्रस्त उद्योग, पर्यटक, व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योगलगायतका व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने गभर्नर अधिकारीले बताए ।
मौद्रिक नीति हेर्न तलको लिंक Click गर्नुहोस् ।




