२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल
देवानगञ्ज । उखु बारीमा भेटाइएको बेवारिसे अवस्थामा निलगाईको बच्चालाई स्थानीयद्धारा उद्धार गरेको छ । सुनसरीको देवानगञ्जमा गाउँपालिका वडा नं ३ मा निल गाईको बच्चा स्थानीय हरुले फेला पारेको हो।
उखु बारीमा बेवारिसे अवस्थामा रहेको निल गाईको बच्चालाई स्थानीये राजेश मेहता, दीपक मेहता र अमोल मेहता लगायतले ईलाका प्रहरी कार्यालय देवानगंजलाई बुझाएको छ । केहिदिन देखि देवानगंज गाउँपालिका भरीका किसानहरूले लगाएको तरकारी बारी क्षति पर्‍याइरहेको स्थानीयहरुले बताए । सो निलगाईको बच्चालाई देवानगंज वडा नं ३ का वडा अध्यक्ष अनिल भगतको रोहबरमा वन कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय देवानगञ्जले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!