गोरखा । जिल्लाभर लगाइएको कोदो खेतीमा रोगको प्रकोप फैलिएको छ। ११ वटै पालिकामा लगाइएको कोदो खेतीमा रोगको प्रकोप फैलिएको किसानहरूले जनाएका छन्।
‘धमाधम गाँज हाल्ने बेला बारीको कोदो सखाप भयो। कतै त कोदोबारीमा भेँडा चराइसके’, बारपाक सुलिकोट—२ का किसान लालबहादुर गुरुङले भने, ‘यता धान खेती हुँदैन। मुख्यबाली भनेकै कोदो र मकै हो। यो वर्ष कोदो त कत्ति पनि भित्रिँदैन। अब साँझ, बिहानको छाक टार्न पनि समस्या हुने भयो।’ कोदो बाली नष्ट गरेर तत्काल अरू खेती गर्न बिउ पाउने पाए पनि राहत पुग्ने उनले बताए।
बारपाक सुलिकोटको प्रायः सबै वडाका किसानहरूबाट कोदोमा रोग लागेको बारे गुनासो आएको कृषि शाखाका कर्मचारी प्रेमप्रकाश आरसीले जानकारी दिए। लगातारको झरीका कारण डढुवा र किरा लागेर समस्या भएको उनको भनाइ छ। बोट पहेँलिने, कुहिने समस्याले बाली नष्ट बनाएको उनले बताए। आरुघाट गाउँपालिकाको वडा नं। १, २, ३, ४, ५ का किसानले कोदो सखाप भयो भनेर गुनासो गरेका कृषि शाखाका प्रमुख सुजन दवाडीले जानकारी दिए। ‘मान्बु, थुमी, आप्रिक, आर्वाङको कोदोमा गवारोले सखाप पारेको छ’, उनले भने, ‘धेरै ठाउँमा त फेरि नपलाउने गरी बिग्रिएको छ। कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्दा विषादी प्रयोग गर भन्नुहुन्छ तर यहाँ मौरी पकेट क्षेत्र घोषणा गरिएको छ। विषादी प्रयोग गर्न मिल्दैन।’
‘पाखैभरि कतै कोदोको बोट छैन, बारी नाङ्गै भइसक्यो’, अजिरकोट गाउँपालिकाका धनबहादुर गुरुङले भने, ‘यस वर्ष निम्नवर्गका किसानहरू के खान्छन्। चिन्ता भएको छ।’ पालिकाका सबै वडामा लगाइएको कोदोमा रोगको प्रकोप देखिएको पालिकाका कृषि शाखाले जनाएको छ। रोगले पालिकाभरको कोदो नष्ट हुने अवस्थामा पुगेको समीर पोखरेलले बताए। साथै अदुवा र हलेँदोमा पनि रोग लागेको उनले बताए। पालिकाभित्र रासायनिक मल र विषादीको प्रयोग गर्न निषेध गरिएकाले बालीमा उपचार गर्न कठिनाइ भएको उनले बताए।
त्यस्तै सिरानचोक गाउँपालिकाको वडा नं। १, २, ६ र ८ का किसानले कोदोमा रोग लागेको गुनासो गरेका कृषि शाखाका प्रमुख शारदा थापाले जानकारी दिइन्। एउटै बारीमा सधैं एउटै बाली लगाएको र माटोमा जथाभावी मल, विषादीको प्रयोग गरेकाले यस्तो समस्या आएको हुन सक्ने उनले अनुमान गरिन्।
भीमसेन थापा गाउँपालिकाको सबै वडाको कोदोमा रोग लागेको त्यहाँका कृषि शाखा प्रमुख प्रवीण लामिछानेले बताए। सेतो टाटे रोगले कोदोबालीमा क्षति पुर्याएको उनले बताए। रोगको बारेमा कृषि ज्ञान केन्द्रमा नमुना परीक्षण गर्न पठाएको उनले बताए। कोदोमा रोग फैलिएको जिल्लाभरबाट गुनासो आएको कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए।
‘जताततैबाट गुनासो आउन थालेपछि बारपाक सुलिकोट, सिरानचोक, अजिरकोट गाउँपालिकामा बाली संरक्षण अधिकृतको टोली गएर हेर्नुभयो’, उनले भने, ‘आरुघाटको अल्लि फरक खालको समस्या देखिएको छ। अन्नपुर्णपोष्ट बाट




