२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई २० देखि ६५ प्रतिशतसम्म राहत दिने मन्त्री परिषद्ले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, ११ देखि ४० कठ्ठासम्मकालाई ३० र त्योभन्दा माथिकालाई २० प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

कात्तिक १ देखिको वर्षा, बाढी र डुवानका कारण देशका धेरै ठाउँमा पाकेको धानबाली डुवानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!