
राजीव कुशवाहा
देवानगन्ज। सुनसरी जिल्लाको जनगणना कार्यलय अर्न्तगत पर्ने स्थानिया जनगणना कार्यलय देवानगन्जले विधि पूर्वक मुख्य प्रश्नावली फारम भरी जनगणना सुरू गरेको छ। स्थानिया जनगणना अधिकारी राजकुमार मेहताले देवानगन्ज गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको तथ्याङ्ग लिई विधि पूर्वक सुरू गरेका हौ। स्थानिया जनगणना कार्यलय देवानगन्ज अन्तर्गत हरीनगर , बर्जू र देवानगन्ज गरि तिन वटा गाउँपालिका रहेको छ। तिन वटा गाउँपालिकामा १ सय १६ जना गणक र २८ जना सुयरभैजेर गणक हरूलाई सुपर भिजन गर्न खटाएको स्थानीय जनगणना अधिकारी राजकुमार मेहताले जानकारी दिनु भयो।
मेहताका अनुसार गणकले मुख्य प्रश्नावली भर्दा उत्तर दातालाई सब कुरा थाहा न हुन सक्छ। त्यसैले गणकले उत्तर दातालाई उत्तर आउने गरि प्रश्न गर्नु पर्छ । प्रश्न अनुसार उत्तर न आएको खण्डमा परिवारको अन्य सदस्यहरू सोधी सत्य तथ्य तथ्याङ्क लिन निकै समय लाग्न सक्ने भएकोले उत्तर दाता संग नम्र विनम्रको साथ गणकले लिनु पर्छ बताउनु भयो।
आफ्नो सत्य तथ्य तथ्याङ्क स्थानीय जनगणना आधिकारि राजकुमार मेहतालाई दिदै देवानगन्ज गाउँपालिकाको अध्यक्ष लाली प्रसाद मेहता जनगणना राम्रो चिज हो ।सबले सही तथ्य सत्य कुरा लेखाउन जनता संग आग्रह गर्नु भयो। जनगणना बाट सबलाई सरकार र जनता दुवैलाई फाईदा छन्। उत्तर दाताले नजानेको कुरा आ आफ्नो परिवार संग सोधेर नयाँ तथ्याङ्कमा सबले इमान्दारी पूर्वक सत्य तथ्य लेखाउनु गाउँपालिकाको मात्र होइन देशको स्वरुप परिवर्तन हुन सक्छ वताउनु भयो।