२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल । देवानगञ्ज वडा नम्बर ३ मा कृषि सामग्री वितरण गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष अनिल प्रसाद भगतले अति विपन्न किसानहरुलाई खेतीपाती गर्न सहज होस् भन्ने मुख्य उदेशका साथ विद्युतीय किटनाशक छर्ने स्परे वितरण गरेको हो ।
त्यसै वडा का किसान विरेन्द्र यादवका अनुसार आफू किटनाशक छर्ने विद्युतीय स्प्रे मेसिन पाए पछि आफू निकै खुशी व्यक्त गर्नुभयो र वहाँको अनुसार म पहिले हाते स्प्रेले वालीमा औषधी छर्ने गर्थे विद्युतीय स्प्रे मेसिन पाए पछि अब काम गर्न निकै सहज भएको बताउनुभयो ।

उक्त वडाका बाबुनन्द यादवका अनुसार हाम्रो खेतीपाती बाहेक अरु कुनै रोजगार नरहेको तर वाली लगाउने समयमा खाद मलको यहाँ अभाव हुन्छ यो समसिया हाम्रो समयमै समाधान भयो भने हामीलाई खेतीपाती गर्न धेरै सहज हुन्छ आज हाम्रो वडा अध्यक्ष अनिल भगतले हामीलाई विद्युतीय स्प्रे निःशुल्क दिए पछि हामी निकै खुशी भएको बताउनु भयो । उक्त वडा का वडा अध्यक्ष अनिल भगतका अनुसार केही सत्ता अघि २७० थान विद्युतीय स्प्रे वितरण गरेको थिए र यस पटक १८० थान वितरण गर्छु र अब अर्को साता अती विपन्न परिवारलाई ग्यास चुलो वितरण गर्ने छु आगामी दिनमा पनि किसानहरूको सेवा मा समर्पित रहनेछु भनेर बताए र उक्त वडा का रूपक मेहता का अनुसार आफ्नो वडाको वडा अध्यक्ष सदैव हामीलाई सहयोग गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!