विराटनगर । नेपाल कुशवाहा कल्याण समाज मोरङले २४ औं कुश जयन्ती समाहरोह सम्पन्न गरेको छ। शनिवार विराटनगरमा विभिन्न कार्यक्रम गरि २४ औं कुश जयन्ती समारोह सम्पन्न गरेको हो।
कुशवाहा नेपालको तराईमा बसोबास गर्ने जातजाति मध्ये दोस्रो धेरै संख्या भएको जति हो। दोस्रो धेरै संख्या भएको जाति भए ता पनि विभिन्न थर जस्तै (मेहता ,महतो ,सिंह ,पटेल ,कोइरी )आदि लेखिएको हुनाले यस समाजको संख्या कम देखिएको छ। कुशवाहा समाज नेपाल र भारतमा बढी संख्यामा छन् भने अरु देशहरुमा पनि बसोबास गर्दै आएका छन्। कुशवाहा भगवान राजा कुशका सन्तान हुन्। यस समाजले विभिन्न थर लेखिए पनि कुशका सन्तान भनेर चिनाउने गरेका छन्।
भगवान राजा कुशका सन्तानहरु कुशवाहा हुन् भनेर चिनाउन नेपाल कुशवाहा कल्याण समाज भन्ने संगठनको स्थापना गर्यो। यस समाजले समाजको धर्म , सांसकृतिक , पहिचान ,भेषभूषा आदिलाई संरक्षण गर्ने कार्य गर्दै आइरहेको छ। यस संगठनको स्थापना भए संगै हरेक वर्ष कुशे औँसीको दिन कुशको पुजा र विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आफुहरु कुशे औंसी अर्थात बुवाको मुख हेर्ने दिन मनाउदै आएको त्यहि भगवान राजा कुशका सन्तान कुशवाहा हुन् आज थाहा पाएको बताए। यस समाजले विदेशी ओल्झेलमा पर्दै जान लागेको धर्म संस्कृति र पहिचानलाई संरक्षण गर्नुपर्ने उनले बताए । समाजको नाममा रहेको जग्गामा भवन बनाउन आर्थिक सहयोगको लागि महानगरको ढोका जहिले र जति खेर पनि खुल्ला रहने कोइरालाले बताउनुभयो।
नेपाल कुशवाहा कल्याण समाज मोरङको नाममा महानगरमा १ कठ्ठा र कटहरीमा १ कठ्ठा १० धुर र बेलबारीमा १० धुर गरि ३ कठ्ठा जग्गा रहेको छ। महानगर भित्र भवन बनाउन महानगरले सहयोग गर्ने।
कार्यक्रममा प्राध्यापक डाक्टर रामशरण मेहता र महेन्द्र मोरङ क्याम्पसका सह प्राध्यापक धर्मेन्द्र सिंहलाई सम्मान गरिएको थियो। त्यसै गरि ६८ वर्ष भन्दा बढी उमेर भएका जेष्ट नागरिकलाई सम्मान गरेको जानकारी दिनुभयो।
कार्यक्रममा कुश जयन्ती समाहरोमा बुद्धिजीवी परमानन्द मेहता, प्रकाश महतो, कुशवाहा कल्याण समाज मोरङका अध्यक्ष हरिनारायण मेहता, महानगर समितिका अध्यक्ष सूर्यनारायण मेहता ,अरबिन्द मेहता, पकंज मेहता,श्यामदेव मेहता, नन्दकिसोर मेहता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा मोरङ र सुनसरीका कुशवाहा समुदायका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।




