२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता / देवानगंज । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछन् ।

छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन् । छठमा सूर्यदेवको उपासना गरिन्छ ।

सुनसरीको देवानगंज, हरिनगर, इनरुवा, इटहरी, दुहबी, गढी, बर्जू ,सुनसरी–मोरङको सिँचाइ आयोजनाको नहर सहित नदी र खोला किनार र पोखरीमा बर्तालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले आज बिहानै उदाउँदो सूर्यलाई अरंघ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन भएको छ ।

छठ पर्व सकिएसँगै अब मिथलामा दिदीबहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!