
विराटनगर १८ माघ : प्रदेश नम्बर १ को नामाकरण गर्न नसक्दा सर्वत्र आलोचित भैरहेको प्रदेश सरकारले नामाकरण चाडै टुंगाउने गरि केन्द्रीय स्तरमा लविङ्ग सुरु गरेको छ । मुख्यमन्त्री हिक्मत कार्की र पर्यटन मन्त्री जीवन आचार्यले वुद्यवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस समबन्धमा ध्यानआर्कषण गराएका छन ।
सवैले मान्ने र स्वीकार गर्ने नामको प्रस्ताव लिएर प्रधानमन्त्री दाहालसँग मुख्यमन्त्रीको नेतृत्वमा प्रधानमन्त्रीसँग छलफल गरेकाछौ मन्त्री आचार्यले भने , छलफल पछि प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ । अहिले चर्चामा आएका नामहरु कोशी , विराट , सगरमाथा र किरात प्रदेश हुन । यसै मध्ये कुनै एक निर्णय गराउने गरि मुख्यमन्त्री कार्कीले लविङ्ग गर्न थालेका हुन । लामो समयदेखी नामाकरणको बिषयमा वखडा हुँदै आएपनि प्रदेशबासीले कोशी प्रदेश नाम राख्न निरन्तर दवाव सिर्जना गरिरहेका छन ।
यस्तै मन्त्री आचार्यले प्रदेशको विकास र समृद्धिको लागि प्रधानमन्त्री समक्ष थप बजेट माग गरिएको पनि बताए । जनताका आवश्यकता धेरै छन र केन्द्रले न्यून बजेट पठाउदा यहाँका तमाम समस्या सम्बोधन गर्न सकिएको छैन मन्त्री आचार्यले भने , प्रधानमन्त्रीलाई सवै बिषयमा विफ्रिङ्ग गरिएको छ । प्रदेशको बजेट वृद्धि गर्न पनि प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ मन्त्री आचार्यको भने ।