२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धनकुटा, १६ कात्तिक । धनकुटाको पाख्रिवास नगरपालिकामा दुई जना युवा गाउँ फर्केर कृषि पेशामा रमाइरहेका छन् । पाख्रिवास नगरपालिका १ तल्लो सान्नेमा स्थानीय नवीन दाहाल र तिलक कार्कीले प्रशस्त सम्भावना देखेर गाउँमै खेती गरिरहेका छन्।

उनीहरुले सान्नेमा छिन्ताङदेवी कृषि फर्ममार्फत सञ्चालन गरेको निजी वन जिल्लाकै नमूना बनेको छ । एक सय रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका सयौं वनस्पति उनीहरुको फर्ममा रहेका छन् । पुर्ख्यौली जग्गा खरिद गरेर मलेसियन सखुवा, टिक, पाउलिनिया, रुद्राक्ष र हजारौं कफिको विरुवा लगाएको फर्मका सञ्चालक तिलक कार्की बताउँछन् ।

करिब १ करोड रुपैयाँ लगानीमा सुरु गरेको फर्ममा हालसम्म करिब अढाई करोड लगानी भइसकेको छ । यो ठाउँबाट १० वर्षमा करिब २५ करोड आम्दानी हुने अपेक्षा छ । तर, यो फर्ममा हालमसम्म एक रुपैयाँ अनुदान र ऋण नपाएको फर्मका सञ्चालक नवीन दाहालले जानकारी दिए ।

दाहाल र कार्कीले पाख्रिबास नगरपालिका भित्र करिब ५ सय रोपनीमा फर्मलाई विस्तार गरी कफि खेतीसँगै ह्याचरीदेखि अष्ट्रिज, टर्की पालनका साथै विश्वकै महँगो प्रजातीको बिरुवा अगारोको खेती गर्ने योजना बनाएका छन् ।

यता पाख्रिबास नगरपालिकाले भने यस्तो फर्मलाई छुट्टै नीति बनाएर सहयोग गर्ने योजना बनाएको नगर प्रमुख बृषबहादुर राई बताउँछन् ।

पछिल्लो समय कृषि पेशाप्रति मानिसहरुको रुची घट्दै गइरहँदा ‘म किसान हुँ, मेरो पेशा कृषि हो’ भनेर गर्व गर्न लायक काम यी दुई जना दाहाल र कार्कीले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!