
काठमाडौं,असार ७ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिता वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोड्यो।
वेस्ट इन्डिजका लागि शाइ होप र निकोलाश पूरनले उत्कृष्ट ब्याटिङ गरे। दुवै ब्याटरले शतक प्रहार गर्न सफल भए।