२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ,२३ साउन : नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट पाँच वटा शव निकालिएको छ ।

एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिनुभयो । चार चिनियाँ नागरिक र क्याप्टेन अरुण मल्लको दुर्घटनामा मृत्यु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडेको थियो ।

हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!