२०८३ बैशाख ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

विराटनगर ४ जेठ ः दुर्गा प्रसाईलाई थप चार दिन हिरासतमा राख्ने अनुमति दिइएको छ । चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौंं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
गत चैत १५ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा प्रसाईं जनकमाण्डर तोकिएका थिए ।

घटनापछि उनी त्यही दिन फरार भएका थिए फरार उनलाई केहि समयपछि भारतबाट पक्राउ गरेर ल्याइएको थियो । उनीमाथि पटकपटक म्याद थपेर अनुसन्धान भइरहेको छ । यसपटक अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!