२०८३ बैशाख ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी ,१९ जेठ : धरान वक्सिङ्ग संस्थाको आयोजनामा पहिलोपटक सम्पन्न भएको धरान फाइट नाइट–२०२५ को आय–व्यय आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरि विवरण सार्वजनिक गरिएको छ।
राष्ट्रिय स्तरको (आइबीए प्रो र एमेच्योर )
बक्सिङ प्रतियोगिता आयोजना गर्न संस्थाले रु १३ लाख ३१ हजार ७२५ खर्च गरेको जनाइएको छ भने आम्दानी खर्च रु ११ लाख ३२ हजार ४७० हुदा आयोजकलाई झन्डै २ लाख रुपैयाँ बराबरको घाटा भएको आयोजकले जनाएको छ ।
गत वैशाख १२ गते धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङ हलमा सम्पन्न प्रतियोगितामा एमेचर तर्फ ५ र प्रो तर्फ ४ खेल समावेश गरिएका थिए। प्रतियोगितामा धरानसहित झापा, धनकुटा, काठमाडौँ, ललितपुर, उदयपुर र त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले सहभागिता जनाएका थिए। आइबा प्रो फाइट नेपालमा पहिलोपटक धरानमा सम्पन्न भएको थियो ।
एमेचर विधामा दिव्या चेम्जोङ लिम्बु, सभ्रान्त लिम्बु, नवाहाङ राई, मनिष पराजुली र निकेश गुरुङ विजयी बनेका थिए भने प्रो विधामा फुङलाङ काम्बाङ, सिंहविर लिम्बु, सुलभ माली र सम्राट महर्जनले उपाधि जितेका थिए ! विजेता प्रो खेलाडीलाई जनही रु ३५ हजार र उपविजेतालाई रु २५ हजार रुपैया प्रदान गरिएको थियो। एमेचरतर्फको विजेतालाई रु ६ हजार र उपविजेतालाई रु ३ हजार पुरस्कार प्रदान गरिएको आयोजक धरान वक्सिङ्गका अध्यक्ष दिपक राईले बताए ।
प्रतियोगितामा आयोजकले टिकट बिक्रीबाट मात्र रु १ लाख ६८ हजार रुपैया संकलन गरिएको थियो भने गंगा प्रसाद राई एण्ड टिम युके, नेपाल युथ अर्गनाइजेशन युके, धरान हङकङ मञ्च, होटल मेरिकन लगायत विभिन्न संघसस्थाले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मुख्य खर्च पुरस्कार वितरण, साउण्ड सिस्टम, हल भाडा, बिमा, मञ्च सजावट, प्रेस मिट, खेलाडी आवास, डान्स प्रस्तुति, डिजे, प्रचारप्रसार, खाना र आकस्मिक खर्चहरू रहेको आयोजकको भनाई छ ।

कार्यक्रममा आउटसाइडर ब्यान्डको लाइभ प्रस्तुति, सिङ्क इन डान्स सेन्टरको नृत्य र डिजे नोभसनको आकर्षक प्रस्तुति समेत समावेश गरिएको थियो। आयोजक धरान वक्सिङ्गका अध्यक्ष दिपक राईले आगामी दिनमा पनि यस्ता प्रतियोगिता निरन्तर सञ्चालन गरी धरानलाई ‘खेलकुद शहर’का रूपमा स्थापित गर्ने योजना रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!