
समाजवादी ट्रेड यूनियन महासंघको स्थापना दिवस महासंघ प्रदेश १ ले आइतबार विराटनगरमा मनाएको छ । स्थापना दिवसको अबसरमा जनता समाजवादी तथा ट्रेड यूनियनका नेताहरुले केक काटेर मनाएका छन् ।
दिवसको अबसरमा समाजवादीका केन्द्रिय सदस्य जोगिलाल यादव, समाजवादी प्रदेश १ का उपाध्यक्ष तथा मोरङ अध्यक्ष राजकुमार यादव, यूनियनका प्रदेश १ अध्यक्ष मो. नसरुल, विद्यार्थी नेता राकेश रोशन यादव, विराटनगर महानगर १४ का कार्यबाहक वडाध्यक्ष महिचन्द यादवलगायतले आ–आप्mना धारणा व्यक्त गरेका थिए । नेताहरुले मजदुरको हकहित संरक्षण र अधिकार प्राप्तिका लागि ठोस कार्य योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए ।
स्थापना दिवसका अबसरमा यूनियनका प्रदेश अध्यक्ष नसरुलको नेतृत्वमा महानगरमा कोरोना संक्रमणबाट बच्न जनचेतना अभिवृद्धिका लागि मास्क बितरण गरेका थिए ।