२०८२ जेष्ठ ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

हामीले सामान्य सलादका रुपमा खाने काँक्रो स्वास्थ्यको लागि निकै महत्वपूर्ण छ र यसको सेवनले शरीरलाई निकै फाइदा गर्दछ । वैज्ञानिकहरुद्वारा पुष्टि गरिएका काँक्रोका केही फाइदाहरु स्
१) काँक्रो भिटामिन बी को राम्रो स्रोत हो । स्वास्थ्य तथा तन्दुरुस्तीका लागि भिटामिन बी निकै महत्वपूर्ण हुन्छ । यसका अलावा काँक्रोमा शरीरलाई चाहिने भिटामिनहरु पर्याप्त मात्रामा हुन्छ ।
२) काँक्रोमा पानीको मात्रा ९५ प्रतिशत हुन्छ जसले गर्दा शरीरमा पानीको अभाव हुन दिँदैन र शरीरमा रहेका विषादी हरु कम गर्न मद्दत गर्छ ।
३) काँक्रोको बोक्रामा रहेको भिटामिन सी ले आँखा तेजिलो बनाउनका साथै छालालाई चम्किलो पार्दछ ।
४) काँक्रोको बोक्राले छालाका समस्याहरु कम गर्छ । पोलेको, चिलाएको भागमा यसले राहत दिने काम गर्छ ।
५) यदि तपाँईको कपाल झर्ने समस्या छ भने काँक्राको प्रयोगले कपाल झर्न कम हुन्छ र यसमा रहेको सिलिकन र सल्फरले नयाँ कपाल आउन पनि मद्दत गर्छ ।
६) काँक्रामा पाइने ल्यारीसिरेसिनल, पाइनोरेसिनल र सेकोइसोलारिसिरेसिनल जस्ता पदार्थले क्यान्सर हुने सम्भावना कम हुन्छ ।
७) जाडो महिनामा घरमा काँक्रालाई ऐनामा दलेमा ऐनामा धमिलो हुँदैन ।
८) काँक्राको एक टुक्रा लिएर १ मिनेट सम्म मुखभित्र राखिरहेमा यसमा भएको फाइटो केमिकलले मुखभित्रको ब्याक्टेरियालाई मारि सास गनाउने रोगबाट छुटकारा दिन्छ ।
९) शरीरको वजन धटाउन पनि काँक्रोले मद्दत गर्दछ । कम मात्रामा क्यालोरी र धेरै पानी हुने भएकोले काँक्राले वजन घटाउन डाईटको काम गर्छ ।
१० ) काँक्रामा हुने हर्मोनले शरीरमा इन्सुलिन पर्याप्त मात्रामा उत्पादन हुन्छ जुन डाइबेटिसको रोगीहरुको लागि निकै फाइदाजनक हुन्छ र यसमा हुने स्टेरोल नामको पदार्थले शरीरको कोलेस्ट्रोल घटाउने काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!