
विराटनगर, २ मंसिर । नेपालले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत दोस्रो खेलमा बराबरी खेलेकाे छ । मंगलबार बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा नेपाल र बंगलादेशले गाेलरहित बराबरी खेलेका हुन् ।
निकै नै प्रतिस्पर्धात्मक खेलकाे दुवै हाफ गोलरहित बराबरीमा सकिएकाे थियो । बंगलादेशविरुद्ध नेपालले निकै आक्रामक प्रदर्शन गरेको थियो । बंगलादेशले भने दोस्रो खेलमा उत्कृष्ट आक्रमण गर्न सकेन । बंगलादेशले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको थियो ।
यससँगै ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको उपाधि बंगलादेशले जितेकाे छ । यसअघि पहिलो खेलमा बंगलादेशले नेपालमाथि २–० गोलको जित निकालेकाे थियो ।