
विराटनगर, ३ मंसिर । मोरङको उर्लाबारीमा धान थ्रेसर लगाउने क्रममा आगलागी भएकाे छ । मंगलबार दिउँसो उर्लाबारी नगरपालिका-३ चन्दने चोक बस्ने हरि गड्तौलाको ट्याक्टर र थ्रेसरमा आगलागी भएको हो । आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट अन टेस्टमा रहेको ट्याक्टर, थ्रेसर र पराल जलेको छ । आठ कट्ठामा लगाएको धान थ्रेसर गर्नेक्रममा अन्तिम समयमा एक्कासी अगलागी भएको प्रहरीले बताएको छ ।
उक्त आगो अप्रचौ मंगलबारे तथा इप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, दमकलसमेतको सहयोगमा दिउँसाे २ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।