२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ मंसिर । अर्जेन्टिनी फुलबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । बुधबार ६० वर्षको उमेरमा उनकाे निधन भएकाे हो । नोभेम्बरको शुरुमा मस्तिष्कमा रगत जमेपछि सफल शल्यक्रिया गरिएको भएपनि उनको उपचार जारी रहँदा हिजो निधन भएको हो ।

८० को दशकमा विश्वका सबैभन्दा चर्चित खेलाडीको रुपमा रहेका  म्याराडोना अर्जेन्टिनी फुटबल टिमको क्याप्टेन हुँदा सन् १९८६ मा अर्जेन्टिनाले विश्व कपको उपाधी चुमेको थियो । म्याराडोनाले विश्वकपमा अर्जेन्टिनाको लागि ९१ वटा खेलहरुमा ३४ गोल गरेका थिए ।

त्यसका अतिरक्त उनले बार्सिलोना र नापोली क्लवहरुमा रहेर खेलेका थिए । आफ्नो खेल जीवनको उत्तरार्धमा सन १९९१ मा उनले कोकिन प्रयोग गरेको प्रमाणित भएपछि १५ महिना खेलबाट प्रतिबन्धित हुनुपरेको थियो ।

म्याराडोनाले ३७ बर्षको उमेरमा व्यवसायिक खेलबाट सन १९९७ मा सन्यास लिएका थिए । खेल जिवनबाट सन्यास लिएपनि सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका उनले सन् २०१० को विश्वकपमा आफ्नो टिम जर्मनीसँग क्वाटर फाइनलमा पराजित भएपछि मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेका थिए ।

पेलेकाे भावुक श्रद्धाञ्जली

म्याराडोनाको निधनको खबरले ब्राजिलियन लिजेन्ड पेलेलाई पनि निकै भावुक बनाएको छ । उनले छोटो तर निकै मार्मिक भनाई लेख्दै म्याराडोनालाई सम्झिएका छन् । ८० वर्षीय पेलेले आफुले महान साथी गुमाएको समेत बताएका छन् । यस्तै उनले आफुहरुले एक दिन आकासमा फुटबल खेल्ने समेत बताएका छन् ।

‘कस्तो दुखद समाचार । मैले एक महान साथी गुमाए । विश्वले लिजेण्ड गुमाएको छ । धेरै कुरा भन्न बाँकी छ तर भगवानले उनको परिवारलाई बल दिउन,’ पेलेले लेखेका छन्, ‘एक दिन, म आशा गर्दछु कि हामी आकासमा बल खेल्ने छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!