२०८१ चैत्र ४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १५ मंसिर । नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भइ उनी होम आइसोलेसनमा बसेका थिए ।

तर, श्वास प्रश्वासमा केही समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । शुक्रबार संक्रमण पुष्टि भएका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएकाे सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएका सन्दीप डाक्टरहरुको निगरानीमा रहेका छन् ।

सन्दीपले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जनाएका थिए । सन्दीपले आफूलाई बुधबारबाट कोरोनाको लक्षणसमेत देखिएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!