२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २९ मंसिर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसान वास्तविक किसान नभएको बताएका छन् । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलका क्रममा चिनी उद्योगीबाट आफू आन्दोलनरत व्यक्ति वास्तविक किसान नभएर बिचौलिया भएको थाहा पाएको मन्त्री भट्टले बताएका हुन् ।

चिनी उद्योगीले माइतीघरमा आन्दोलनरत उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएको उनको भनाइ छ । मन्त्री भट्टले उद्योगीहरूले आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएर विचौलिया भएको बताएको जानकारी दिए ।

विचौलियाहरूले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरूले बताएको मन्त्री भट्टले बताए । उद्योगीहरूले सुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरूलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरूलाई सुनाए ।

उनले भने, ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरू रहेछन् भने उहाँहरूबाटै थाहा पाएं । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने किसान सङ्घर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरूले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईँहरू आफ्नोतर्फबाट अलि अन्वेषण गर्न प¥यो, त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!