
विराटनगर । मङ्गलबार (भोलि)बाट सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुल्ने भएको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै भोलिबाट लाइसेन्सको अनलाइन फारम खुल्ने जानकारी दिएको छ ।
विभागका निर्देशक डा. लोकनाथ भुसालका अनुसार गत वर्षको चैतयता बन्द रहेको अनलाइन फारम भोलिबाट खुल्ने भएको हो ।
कोरोना महामारीकाका सरकारले चैत १० गते अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय भएसँगै ११ गतेबाट अनलाइन फारम पनि बन्द थियो ।