२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जुम्ला, २२ पुस । जुम्लाको हिमा गाउँपालिका ३ मोफ्ला गाउँमा सौर्य उर्जाबाट सञ्चालन हुने लिफ्ट सिँचाई आयोजना निर्माण गरिएको छ । कर्णाली प्रदेश भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख सहयोगमा निर्माण गएिको लिफ्ट सिँचाईले मोफ्ला गाउँपालिका २५ सय रोपनी बाँझो जगामा सिँचाई सुविधा पुगेको स्थानीय परिमल रोकायाले बताए ।

करिब तीन दशकपछि मोफ्ला गाउँमा लिफ्ट प्रविधिबाट सिँचाई सुविधा पुगेपछि स्थानीय किसान खुसी भएका छन् । आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइँ आयोजना निर्माण गरेर ७० मिटर अग्लो जग्गामा नदीबाट पानी तानेर सिँचाइ हुनथालेपछि स्थानीय दंग छन् । तीन दशकपछि लिफ्ट प्रविधिबाट बाँझो जगामा सिँचाइ पुगेपछि स्थानीय किसान खुसी हुँदै खेतीपातीमा जुटेको रोकायाले बताए ।

हिमा नदीको पानी डाँडाकाँडासम्म कसरी आउँला भन्ने सोचेका स्थानीय लिफ्ट प्रविधिबाट सिँचाईले डाँडामै पानी पुगेपछि मोप्ला गाउँका २ सय ८५ घरधुरीले प्रयाप्त सिँचाइ गर्न पाएका हुन् । माफ्ला गाउँमा करिब ३ दशकपछि आउँदो जेठमा मार्सी रोप्ने तयारीमा छन् ।

सौर्य उर्जाबाट लिफ्ट सिँचाई गरेको कर्णालीमा पहिलो हो । कृषि प्राविधिक धर्मराज शाहीले भने, “यो प्रविधि यहाँको भुगोल सुहाउँदो छ । सिँचाइ अभावले बाँझिदै गएको क्षेत्रमा लिफ्ट सिँचाई निर्माण गरी कृषि क्षेत्र बढाउन तर्फ सरकार गम्भीर हुनुपर्छ ।”

५० किलोवाट क्षमताको सौर्यउर्जा जडान गरी माफ्ला गाउँमा सिँचाइ पुर्याइएको सांसद पदम रोकायाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!