
काठमाडौं, २७ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शाहीको दैलेखको चौतारामा आइतबार राति निधन भएको जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै एन्फाले शाहीकाे निधन भएकाे जानकारी दिएकाे हो । शाहीले नेपाली नेपाली राष्ट्रिय टोलीबाट सन् १९९७ देखि १९८८ सम्म खेलेका थिए । उनले त्यसपछि नेपाली फुटबलमा ब्यवस्थापक र प्रशासकका रुपमा पनि भूमिका निभाए ।
उनी एन्फाका पूर्व महासचिवसमेत हुन् ।