२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सल्यान, २७ पुस । सल्यान जिल्लाको बागचौर नगरपालिका- ७ का प्रेमबहादुर डिसीले दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । लघु उद्यम विकास कार्यक्रमको कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर दुग्ध व्यवसायमा लागेका डीसीले अहिले वार्षिक ३० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

सुरुमा दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक ३ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै जीवन डेरी उद्योगबाट पहिलोपटक जिल्लाबाहिर दूध निर्यात गर्नसमेत उनी सफल भएका छन् ।

करिब १ करोड ५० लाखभन्दा बढी लगानी गरेका डिसीले दुग्ध संकलन मात्र नगरी व्यावसायिक भैसीपालन समेत गरेका छन् । व्यावसायिक दुग्ध संकलन र भैसीपालन गर्दै आइरहेका प्रेमले १५ जनालाई रोजगारी दिएका छन् ।

एक दिनको ग्याप राखेर उनले ३ हजार लिटर दूध प्रदेश राजधानी सुर्खेतमा पठाउने गरेका छन्‌ । सल्यानसहित पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरू गरेको उनको भनाई छ। उद्योगबाट हाल दुई जिल्लाका ५ सयभन्दा बढी किसानले लाभ लिइरहेकाे उनले बताए ।

दुग्ध व्यवसायमा करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी लगानी गरेका डाँगीले अहिले मनग्य आम्दानी गर्दै आइरहेका छन् । सल्यान र रुकुम पश्चिममा रहेका १० बढी सहायक दुग्ध संकलन केन्द्रबाट दूध संकलन हुँदै आइरहेको र भान्साबाट खेर गई रहेको दूध संकलन गरी किसानहरूले पनि राम्रो आम्दानी गरिरहेका डिसी बताउँछन्‌।

​जागिरकै सिलसिलामा दुग्ध व्यवसायसम्बन्धी धेरै कुरा सिक्न पाएको र सिकेको कुरालाई व्यवहारमा मात्र उतारेको उनको भनाई छ । आफूहरूले वितरण गर्ने दूध तथा दुग्धजन्य वस्तुहरूको उत्पादन गुणस्तरीय हुने र अब आफ्नै ब्रान्ड प्याकेजिङ तयारी गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!