
काठमाडौं, ८ माघ । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ का सञ्चालक रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले न्यूज २४ बाट विश्राम लिएको जानकारी गराएका हुन् । सीधा कुरा जनतासँगकाे टोलीले नै न्युज २४ टिभी छोडेकाे उनले जनाएका छन् ।
‘भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनसँगको सुखद सहयात्राबाट विश्राम लिँदैछौँ। यो साथ,सहयोग र अवसरका लागि सम्पूर्ण न्युज २४ टिभी परिवारसहित अध्यक्ष आदरणीय अनिल जोशीज्यु तथा निर्देशक अदिश जोशीज्युप्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरी मार्गदर्शनसमेत गर्नुहुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पूर्ण वेलकम ग्रुपप्रति विशेष आभार व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।
लामिछाने निकट भविष्यमा प्रसारण हुने अर्को टेलिभिजनमार्फत अगाडि आउने स्रोतले बताएको छ ।