२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहारस्वरुप कोरोनाविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताए ।

यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!