२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ माघ । बार्सलोनाले स्पेनिस कोपा डेल रेकाे प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ  । बिहीबार राति भएको अन्तिम ३२ को खेलमा तेस्रो डिभिजन क्लब कोर्नेलाविरुद्ध २–० गोलको जित निकाल्दै बार्सिलोना अघिल्लो चरणमा प्रवेश गरेको हो ।

प्रतिबन्धका कारण टोली बाहिर रहेका कप्तान लियोनेल मेस्सीविनै मैदान उत्रिएकाे बार्सिलोनाले १० खेलाडीमा समेटिएको कोर्नेलाविरुद्ध अतिरिक्त समयमा जित निकालेको हो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र मार्टिन ब्रेथवेटले गोल गरे ।

कोर्नेलाको मैदानमा बिहीबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि गोल गर्न अतिरिक्त समय नै कुर्नुपरेको थियो । ३९औं मिनेटमा मिरालेम प्यानिचले पेनाल्टी मिस गरेका तिए ।

यस्तै ८०औं मिनेटमा औसमाने डेम्वेलेको पेनाल्टी पनि मिस भएकाे थियो । ९२औं मिनेटमा पेड्रीको पासमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए । ११८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । रोनाल्ड एराउजोमाथि फल गरेपछि अल्वर्ट इस्टिललेस दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

अन्तिम समयमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाउदै प्रि-क्वाटरफाइनलमा पुर्‍याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!