
देवानगञ्ज, ११ माघ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा प्रथम मेयर कप क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । देवानगञ्ज युवा तथा खेलकुद समितीद्वारा आयाेजित देवानगञ्जमा शनिबारबाट पहिलो पटक सो टुर्नामेन्टस सुरु भएका हो । सो टुर्नामेन्टको उद्घाटन गाउँपालिकाकी उपप्रमुख पुनितादेवी यादवले गरेकी थिइन् ।
टुर्नामेन्टको पहिलो दिन छिमेकी राष्ट्र भारतको बिहार र देवानगञ्जबीच प्रतिस्पर्धा भएको थियो । यस प्रथम मेयर कप क्रिकेट टुर्नामेन्टमा जम्मा १६ टिमहरुको सहभागिता छ । टुर्नामेन्टको विजेताले नगद रु ५० हजार पाउनेछ भने उपविजेताले २५ हजार पाउने देवानगञ्ज युवा तथा खेलकुद समितीका अध्यक्ष रवि मिश्राले जानकारी दिएका छन् ।