
विराटनगर, १५ माघ । मोरङको सुन्दरहरैँचामा स्कुलको गेट बनाउनेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । सुन्दरहरैंचा नगरपालिका- ९ का ३५ वर्षीय इलिहास मन्सुरीको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउनेक्रममा अचानक करेन्ट लागेर घाइते भएका मन्सुरीलाई उपचारको लागि वराटन र्सिङहोम विराटनगर लगएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।