
एजेन्सी, १८ माघ । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा शानदार जित निकालेकाे छ । शनिबार राति भएकाे खेलमा इन्टरले बेनेभेन्टोमाथि ४–० को जित निकालेको हो ।
घरेलु मैदानमा इन्टरका लागि बेल्जियन फरवार्ड रोमेलु लुकाकुले दुई गोल गर्दा लाउटारो मार्टिनेजले एक गोल गरे । एउटा गोल भने इन्टरले उपहारमा पाएको थियो । इन्टरले पहिलो हाफमा १–० ले अघि रहेको इन्टरले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
घरेलु टोलीले खेलको सातौ मिनेटमा रिकार्डाे इमप्रोटाको आत्मघाती गोलबाट अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरको अग्रता तेब्बर बनाए । ७९औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४-० गोलको शानदार जित दिलाए ।
यस जितसँगै दोस्रो स्थानमा रहेको इन्टरको २० खेलबाट ४४ अंक पुगेको छ । इन्टर शीर्षस्थानको एसी मिलानभन्दा २ अंकले पछि छ । पराजित बेनेभेन्टो २२ अंक जोडेर १२औं स्थानमा छ ।