२०८१ फाल्गुन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, १८ माघ । बर्सेनि हुने रासायनिक मलको अभाव यस पटक हुन नदिने चुनौती कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छ । त्यो चुनौती पार गर्न मन्त्रालयले सम्पूर्ण शक्ति लगाइरहेको छ र आगामी साउन–भदौमा रासायनिक मलको अभाव हुँदैन भन्ने दाबी गर्दै आएको छ । यस्तैमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले यसपालि मल अभाव नहुने बताएका छन् । मलकाे अभाव हुनका लागि तत्कालीन र दीर्घकालीन तयारी गरेको उनकाे भनाइ छ । दीर्घकालीन समाधान गर्न कारखाना खोल्ने गृहकार्य सुरु भएको छ ।

यता बङ्गलादेशबाट जीटूजी सम्झौता गरी मल ल्याउँदैछ भने भारतसँग बेग्लै सम्झौताको तयारी छ । मल वितरण प्रणालीलाई व्यवस्थित बनाउन मन्त्रालयले निर्देशिका पनि जारी गरेको छ । अहिले प्रदेश तथा स्थानीय तहसँग मलको कति आवश्यकता छ त्यसको विवरण पनि मागेको छ । कुन महिना, कुन बालीका लागि कति मल चाहिन्छ त्यसको रोडम्याप पनि बनाएर बसेको छ तर किसानमा भने यस अवस्थामा पनि मलको हाहाकार हुने हो कि भन्ने चिन्ता अहिलेदेखि नै छ

तर कार्कीले भने किसानलाई समयमा गुणस्तरीय मल उपलब्ध गराउनु मन्त्रालयको दायित्वभित्र पर्ने मल अभाव हुन नदिइने बताए । ‘राज्यले रासायनिक मल समयमा उपलब्ध गराउने जिम्मेवारी हाम्रो मन्त्रालयलाई तोकेको छ । रासायनिक मलका लागि मन्त्रालयले अल्पकालीन, दीर्घकालीन योजना बनाएको छ । विगतमा के भयो त्यतातिर नजाऊँ, आगामी दिनमा रासायनिक मल अभाव हुन नदिने गरी मन्त्रालयले काम अगाडि बढाएको छ,’ उनले भने ।

‘अहिले हामीसँग ६३–६४ हजार मेट्रिक टन मल मौज्दात छ भने एक लाख मेट्रिक टन बाटोमा आइरहेको छ । किसानले गहुँ लगाइसकेका छन् । त्यसपछि मकै बाली लगाइन्छ अनि चैते धान । त्यसपछि वर्षे धान लगाइन्छ । यी सबैमा रासायनिक मलको आपूर्ति व्यवस्था कसरी गर्ने त्यसको ‘रोडम्याप’ बनाएका छौँ । रासायनिक मलको वितरण प्रणालीलाई राम्रो बनाउनका लागि भदौ १ देखि निर्देशिका जारी गरेका छौँ । त्यो निर्देशिकाअनुसार काम भइरहेको छ कि छैन भनी अनुुगमन पनि भइरहेको छ । ५० हजार मेट्रिक टन मल बङ्गलादेशबाट आइरहेको छ । त्यो मल पहिला आउनुपथ्र्यों तर प्रक्रिया मिलाउँदा केही ढिलो भएको छ,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!