एजेन्सी, २३ माघ । इङ्लिस प्रिमियर लिग लण्डन डर्बीमा टोटनह्याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । बिहीबार राति भए खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग ०-१ गोलले पराजित भएको हो ।
पहिलो हाफको चौबीसौं मिनेटमा चेल्सीले पाएको पेनाल्टीलाई मिडफिल्डर जोरजिनोले गोलमा परिणत गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।
लण्डन डार्बीको यो निकै रोमाञ्चक मानिएको खेलमा जीत निकाल्दै चेल्सी दुई खुड्किलो माथि उक्लिदै छैटौं स्थानमा आइपुगेको छ । अब चेल्सीले अर्को खेल सेफिल्ड युनाइटेडसँग उसैको घरेलु मैदानमा आउने सोमबार खेल्नेछ ।






