२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले मंगलबार भएको खेलमा राजस्थान रोयल्समाथि ५७ रनको जित निकाल्दै शीर्ष स्थान बनाएको हो ।

युएईस्थित शेख जायद रंगशालामा मुम्बईले दिएको १९४ रनको लक्ष्यसहित मैदान उत्रिएको राजस्थानले १८.१ ओभरमा अलआउट हुँदै १३६ रन मात्र बनायो ।

मुम्बईका जोस बट्लरले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । तर, पनि उनले टोलीको हार टार्न सकेनन् । यस्तै जोफ्रा अर्चरले २४ रन बनाउँदा टोम कुरानले १५ रन जोडे । महिपाल लोम्रोरले ११ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ राजस्थानका जस्प्रित बुमराहले ४ विकेट लिए भने ट्रेन्ट बल्ट र जेम्स पेटिन्सनले समान २–२ विकेट लिए । यसैगरी राहुल चाहार र किरोन पोलार्डले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ४ विकेटको क्षतिमा १९३ रन बनायो । मुम्बईका लागि सूर्यकुमार यादवले अजिवित ७९ रनको अर्धशतकीय पारी खेलेका थिए । यसैगरी कप्तान रोहित शर्माले ३५ रन बनाए ।

हार्दिक पाण्ड्याले नटआउट ३० रन बनाउँद क्वीन्टन डी ककले २३ रन तथा क्रुनाल पाण्ड्याले १२ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले दुई विकेट लिँदा कार्तिक त्यागी र जोफ्रा अर्चरले समान एक–एक विकेट लिए ।

यससँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । उसले ६ खेलबाट ८ अंक जोड्यो । राजस्थान भने ५ खेलबाट ४ अंकका साथ सातौं स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!