२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

रुकुम, २१ असोज । यसपटक समयमै वर्षा सुरु भएको र धान रोपाइँ पनि समयमै भएकाले रुकुम पश्चिममा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । रुकुमका अधिकांश ठाउँका किसानले लगाएको धानबालीमा हालसम्म कुनैपनि रोग तथा किरा फट्यांग्रा नलागेकाले पनि धान उत्पादनमा वृद्धि हुने कृषक धीरेन्द्रजंग शाहले बताए ।

जिल्लाको चौरजहारी नगरपालिका, आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी, त्रिवेणी, र वाफिँकोट गाउँपालिका अन्तरगतका विभिन्न स्थानमा लगाएको धानवाली उत्पादन राम्रो हुने देखिएको हो ।

यसवर्ष जिल्लाका किसानले लगाएको धानबाली फस्टाउँदै गएकाले गतवर्ष भन्दा यो वर्ष धान उत्पादनमा वृद्धि हुने कृषि विकास कार्यालय रुकुम पश्चिमले पनि अनुमान गरेको छ ।

कार्यालयका निमित्त प्रमुख राजेश शाहले यसवर्ष समयमै वर्षा सुरु भएको र किसानले पनि भनेकै समयमा मल पाएकाले धान उत्पादनमा वृद्धि हुने बताए ।

३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिममा रहेको ३ हजार ४८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिँदै आएको छ ।

गतवर्ष जिल्लामा ९ हजार ४ सय ७३ मेट्रिक टन धान उत्पादन भएको थियो । भने यसवर्ष कृषि विकास कार्यालयका अनुसार ९ हजार ७ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!